बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २ २०८२
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व संकलन

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व  संकलन गरेको छ। कार्यालयले सो अवधिमा कुल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि  जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको जानकारी दिए।

‘विगत एघार महिनाको तथ्यांक केलाउदा जेठ महिनामा  सबैभन्दा धेरै राजस्व संकलन भएको छ,’ उनले भने, ‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। 

त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो। फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

कार्यालयले वैशाखमा भने १५ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ। चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो।

भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। रासस


प्रकाशित : सोमबार, असार २ २०८२१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend