बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने

सोमबार, असार २ २०८२
चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने

फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको हो।

 काठमाडौं- ललितपुरको ग्वार्को स्थित फ्लाइओभरमा चार दिन पछिदेखि सवारीसाधन सञ्चालन हुने भएका छन्। 

फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको हो। 

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै फ्लाइओभरबाटै सवारीसाधन सञ्चालन गरिने भएको हो।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

devendra dahal.jpeg

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए।

flyover1.jpg

निर्माण कार्यमा ढिलाइ भएपछि मन्त्री दाहालले फ्लाइओभरको पटकपटक निरीक्षण र अनुगमन गरेका थिए।


प्रकाशित : सोमबार, असार २ २०८२१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend