शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो बन्ने छ मारुती सुजुकीको विद्युतीय एसयूभी

सोमबार, फागुन २ २०७८
यस्तो बन्ने छ मारुती सुजुकीको विद्युतीय एसयूभी

वाईवाई८ दुई ब्याट्री अप्सन ४८ केडब्लूएच र ५९ केडब्लूएचमा उपलब्ध हुनेछ।

काठमाडौं- भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार निर्माता कम्पनी मारुती सुजुकीले पनि विद्युतीय कार ल्याउने बनाइसकेको छ। कम्पनीको पहिलो विद्युतीय कार एसयूभी हुनेछ। कम्पनीले वाईवाई८ कोड नेममा विद्युतीय एसयूभी निर्माण गरिरहेको जनाएको छ। 

विद्युतीय एसयूभी नयाँ डिजाइन फिलोसोफीमा आधारित हुनेछ। यो कार हाल उत्पादनमा रहेका मारुती सुजुकीका कार भन्दा भिन्न देखिने छन्। मारुतीले ल्याउने नयाँ विद्युतीय एसयूभी अहिले भारतको सर्वाधिक बिक्री हुने विद्युतीय कार नेक्सन ईभीभन्दा केही ठूलो हुनेछ। 

मारुती सुजुकीले नयाँ आउने विद्युतीय एसयूभी टोयोटासँगको सहकार्यमा निर्माण गरिरहेको छ। वाईवाई८ दुई ब्याट्री अप्सन ४८ केडब्लूएच र ५९ केडब्लूएचमा उपलब्ध हुनेछ। १३८ पीएस सहितको एउटा मोटर भएको र १७० पीएसको दुईवटा मोटर भएको कार उपलब्ध हुनेछ। 

मारुती सुजुकीको वाईवाई८ एसयूभीले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर माइलेज दिने अनुमान गरिएको छ। यो कारमा प्रयोग हुने ब्याट्री तोसिबा, डीईएनएसओ र सुजुकी मोटर कर्पोरेसनले संयुक्त रुपमा निर्माण गर्नेछन्।


प्रकाशित : सोमबार, फागुन २ २०७८१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend