मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

उतारचढावबीच सम्हालियो सेयर बजार, विश्लेषक भन्छन्- मंगलबारबाट नेप्से सकारात्मक बाटोमा

images
सोमबार, फागुन २ २०७८
images
उतारचढावबीच सम्हालियो सेयर बजार, विश्लेषक भन्छन्- मंगलबारबाट नेप्से सकारात्मक बाटोमा

साेमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजारमा १०१ अंकको पहिरो गएपनि सोमबार भने सम्हालिएको छ। जसका कारण दिनभरी सेयर बजारमा उतारचढाव आएको हो।

images
images
images

आइतबार सबै कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले डेढ खर्बभन्दा बढी गुमाएका थिए। तर सोमबार भने कारोबार सुरु हुनेवित्तिकै ३१ अंकसम्मले परिसूचक बढेको थियो। उतारतढावबीच सोमबार बजार सम्हालिएर बन्द भएको छ। 

images
images

साेमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको छ। ७५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको हाे। साेमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रह्याे। 

images
images

विश्लेषकहरुले मंगलबारदेखि बजार पुनः लयमा फर्कने बताएका छन्। राजनीतिक उथलपुथलसँगै सेयर बजार ओरालोतर्फ लागेको भएपनि अब घट्नु पर्ने कारण नभएकोले मंगलबार बाट बजार पुनः सकारात्मक हुने विश्लेषक छाेटेलाल रौनियार बताउँछन्। आइतबार लगानीकर्ता त्रसित हुँदा सेयर बजारमा १०१.२४ अंकको गिरावट आएको थियो।

आइतबार १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको थियो। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको थियो भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको थिएन। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो। 

वणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको थियो। विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले आयातमा कडाइदेखि एकपछि अर्को निर्णय गर्दै जाँदा त्यसको असर सेयर बजारमा पनि परिरहेको छ।

जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ। ‘नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा समेत लगानीकर्ताले हेरेकोले पर्ख र हेरको अवस्थमा रहदाँ बजारमा उतार चढाव आएको छ,’ रौनियारले भने। 

तीन महिनादेखि रोकिएको ब्याजदर वृद्धि फागुनमा दोहोरो अंक पुग्ने निश्चित भएपछि यसको असर सेयर बजारमा देखिएको छ। वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत फागुनमा ब्याजदर बढाउने निर्णय गरेपछि सेयर बिक्री गरेर बचतमा राख्न आँटेका छन्। जसका कारण सेयर बजारमा गिरावट आएको छ। 


प्रकाशित : सोमबार, फागुन २ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend