बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मण्डनदेउपुरका चार क्रसर तथा इँटा उद्योग बन्द गरियो

शनिबार, जेठ ३१ २०८२
मण्डनदेउपुरका चार  क्रसर तथा इँटा उद्योग बन्द गरियो

पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ।

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द गरिएको छ। पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ।

नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य संघलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा शुक्रबार ताला लगाएको हो। 

उक्त टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको छ। नगरको वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म ४५ लाख ८४ हजार रूपैयाँ कर नतिरेपछि उद्योगमा ताला लगाइएको हो।

यस्तै कर नतिरेको वडा नं ६ मा रहेका कालीदेवी र चण्डेनी-नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि तथा वडा नं ७  मा रहेको दक्षिणकाली इँटा उद्योग इँटा उद्योगमा ताला लगाइएको छ। कालीदेवीले ६१ लाख ८४ हजार,  दक्षिणकालीले ४५ लाख ८४ हजार रूपैयाँ कर तिरेका थिएनन्। चण्डेनी-नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो। 

नगरप्रमुख टोकबहादुर वाइबाले नगरको प्रावधानअनुसार पटकपटक कर तिर्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर ताला लगाइएको बताए। 'नगरले तोकेको मापदण्ड तथा कर तिरेपछि मात्रै ताला खोलिनेछ', वाइबाले भने।

उनका अनुसार ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको छ। रासस


प्रकाशित : शनिबार, जेठ ३१ २०८२१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend