बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

इरानमाथि इजरायलको आक्रमण : पेट्रोलियम र सुनको मूल्य उकालोतिर, सेयर बजार ओरालो

शुक्रबार, जेठ ३० २०८२
इरानमाथि इजरायलको आक्रमण : पेट्रोलियम र सुनको मूल्य उकालोतिर, सेयर बजार ओरालो

यो तनावका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उछाल आएको छ भने सेयर बजार ओरालोतिर लागेको छ। लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिमा लगानी बढाइरहेका छन्।

काठमाडौं- इजरायलले इरानमाथि आक्रमण गर्नेबित्तिकै पेट्रोलियम पदार्थका लागि निकै रणनीतिक मानिने क्षेत्रमा फेरि तनाव र अस्थिरता बढेको छ।

इजरायलले शुक्रबार इरानमाथि बृहत् हवाई हमला सुरू गरेको थियो। त्यसपछि इरानले पनि जवाफी हमला सुरू गरिसकेको छ। इजरायलले इरानका परमाणु सुविधा तथा मिसाइल सेन्टरलाई लक्षित गर्दै हवाई हमला सुरू गरेको हो।

इजरायलको हमलाको टार्गेट केवल परमाणु र हतियार केन्द्रमात्र होइन उच्च सैन्य नेतृत्व पनि रहेको थियो। यो हमलामा इरानी शीर्ष सैन्य अधिकारीहरू मारिएका छन्। हुस्सेन सालामी र मोहम्मद बघेरीको निधन भएको छ। त्यस्तै कयौँ परमाणु वैज्ञानिक तथा प्राविधिक पनि इजरायली आक्रमणबाट मारिएका छन्।

इजरायलको आक्रमणपछि इरानले पनि ड्रोन आक्रमण गरेको थियो प्रतिकारस्वरुप, यद्यपि इजरायली मिडियाले भने ती ड्रोनहरू इजरायलले निस्तेज पारिदिएको दाबी गरेका छन्। दुई आणविक राष्ट्रबीचको यो तनावले गर्दा विश्वका शक्तिशाली राष्ट्रहरूले तत्काल प्रतिक्रिया दिएका छन्।

अमेरिकाले भने इजरायलको आक्रमणमा आफ्नो साथ नरहेको तत्काल प्रतिक्रिया दिएको छ। त्यस्तै साउदी अरबले इजरायली आक्रमणको निन्दा गरेको छ।

यो तनावका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उछाल आएको छ भने सेयर बजार ओरालोतिर लागेको छ। लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिमा लगानी बढाइरहेका छन्। 

यही कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य एकैदिन १० प्रतिशतले बढेको छ। दैनिकरुपमा भएको वृद्धिदर यो तीन वर्षकै उच्च हो। पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने अनुमान गरिएको छ। 

यदि इजरायल-इरान युद्ध अझै लम्बिएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल सय डलरसम्म पुग्ने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend