बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एयर इण्डियाको ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटना, ठूलो क्षतिको अनुमान

बिहीबार , जेठ २९ २०८२
एयर इण्डियाको ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटना, ठूलो क्षतिको अनुमान

विमान मेघानी क्षेत्रको आवासीय बस्तीमा खसेपछि ठूलो विस्फोटसहित कालो धुवाँ आकाशमा फैलिएको थियो। प्रारम्भिक विवरणअनुसार विमानमा चालक दलसहित करिब २९० जना सवार थिए। यो विमान ३०० यात्रु क्षमताको वाइड-बडी ड्रीमलाइनर हो।

नयाँ दिल्ली- लन्डनका लागि उड्न लागेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ। गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विमान मेघानी क्षेत्रको आवासीय बस्तीमा खसेपछि ठूलो विस्फोटसहित कालो धुवाँ आकाशमा फैलिएको थियो। प्रारम्भिक विवरणअनुसार विमानमा चालक दलसहित करिब २९० जना सवार थिए। यो विमान ३०० यात्रु क्षमताको वाइडबडी ड्रिमलाइनर हो।

दुर्घटनास्थलमा दर्जनौँ दमकल र एम्बुलेन्स परिचालन गरिएको छ। साथै उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। हालसम्म मृतक वा घाइतेबारे आधिकारिक जानकारी आएको छैन।

भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको औपचारिक अनुसन्धान गर्ने तयारी गरेको छ भने बोइङको प्राविधिक टोली पनि सम्भावित जाँचका लागि खटिन सक्ने अनुमान छ।

विमान किन खस्यो भन्ने विषयमा अझै कुनै औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

प्रारम्भिक विश्लेषणअनुसार भारी इन्धन बोकेको कारण दुर्घटनापछि आगलागी अइ भयावह बनेको र त्यसले उद्धारलाई जटिल बनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend