बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पस्मिनामा चाहिने कच्चा पदार्थको आयात घटाउने प्रयासमा उद्योगी [भिडियो]

लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र

बिहीबार , जेठ २९ २०८२
पस्मिनामा चाहिने कच्चा पदार्थको आयात घटाउने प्रयासमा उद्योगी [भिडियो]

मुस्ताङ र डोल्पाको छार्काका कृषकले विस २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भुवा बिक्री गरेका छन्।

म्याग्दी- पस्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग हुने च्याङ्ग्राको शरीरमा हुने स्वदेशी भुवाको बजार सुनिश्चित गर्दै नेपाली उद्योगीहरूले आयात घटाउने अभियानमा लागेका छन् । 

पस्मिना व्यवसायीहरू आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले मुस्ताङ लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ। नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ। 

संघका अनुसार नेपालबाट वार्षिक ६ अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ। वार्षिक पाँच अर्ब मूल्य बराबरको चार सय टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ। ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीय स्थलमा घुम्ने आउने पर्यटकहरूले एक अर्ब ५० करोड मूल्य बराबरको पस्मिना किनेर लैजाने गरेका छन्। 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नेपाल पस्मिना उद्योग संघले मुस्ताङका कृषकहरूलाई भुवा संकलन गर्ने तालिम, औजार सहयोग गरेको छ। बैशाख-जेठ महिना च्याङ्ग्राको शरिरबाट भुवा निकाल्ने याम हो् । च्याङग्राको भुवा पस्मिनाका लागि 'क' श्रेणीको कच्चा पदार्थ हो। 

कृषकहरूबाट पस्मिना उद्योगीले प्रतिकिलो चार हजार पाँच सय रुपैयाँका दरले भुवा खरिद गर्छन्। मुस्ताङ र डोल्पाको छार्काका कृषकले विस २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भुवा बिक्री गरेका छन्। 


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend