शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नवलपरासीका किसानले पाएनन् धानको उचित मूल्य, लगानीसमेत नउठेको गुनासो

बिहीबार , जेठ २९ २०८२
नवलपरासीका किसानले पाएनन् धानको उचित मूल्य, लगानीसमेत नउठेको गुनासो

यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो।

नवलपरासी- यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन्। 

मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल दुई हजार २ सय रूपैयाँमात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष रतीन हजार रूपैयाँभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निराश भएका बताउँछन्। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो। उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए।

गैँडाकोटका किसान मानबहादुर थारुले दुई हजार २ सय रूपैयाँ प्रतिक्विन्टलका दरले धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ।

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८ सय ७९ रूपैयाँ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend