बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चिसापानी-देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

बिहीबार , जेठ २९ २०८२
चिसापानी-देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ।

पर्वत- चिसापानी-देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ। ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो। 

संघीय सरकारद्वारा विनियोजित एक करोड रूपैयाँको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो। यो बाटो भएर वालिङ-हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ। 

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend