बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

धानको उचित मूल्य नपाउँदा किसान निराश

बिहीबार , जेठ २९ २०८२
धानको उचित मूल्य नपाउँदा किसान निराश

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरेका  तर प्रतिक्विन्टल मात्र दुई हजार २०० रुपैयाँ मात्र पाउँदा उनी खिन्न छन्।

त्रिवेणी (नवलपरासी)-  यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन्। 

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरेका  तर प्रतिक्विन्टल मात्र दुई हजार २०० रुपैयाँ मात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष  तीन हजार रुपैयाँ भन्दा अधिक मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए। 

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए। 

गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० रुपैयाँ प्रतिक्विन्टलका दरले धान बेचेको बताए। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ। 

सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए। भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend