बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

संगीता पहाडीविरुद्ध भ्रष्टाचार अभियोग लागेपछि टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २८ २०८२
संगीता पहाडीविरुद्ध भ्रष्टाचार अभियोग लागेपछि टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले उक्त पदको जिम्मेवारी मास्केलाई दिइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए।

काठमाडौं- सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले उक्त पदको जिम्मेवारी मास्केलाई दिइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए।

अख्तियारले यही मुद्दामा संगीता पहाडीसहित विनिता श्रेष्ठ, सुनील पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालिविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 


प्रकाशित : बुधबार, जेठ २८ २०८२१९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend