बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुन: सर्‍यो

बुधबार, जेठ २८ २०८२
संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुन: सर्‍यो

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुँडाल र डा. नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो।

काठमाडौं- सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुँडाल र डा. नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो।

सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा बुधबार सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए।

सरकारले २०७७/२०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो। अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५  रिट निवेदन दर्ता भएको थियो। सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो। रासस

प्रकाशित : बुधबार, जेठ २८ २०८२१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend