बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

डीएसपी भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ

बुधबार, जेठ २८ २०८२
डीएसपी भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरुले हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ठगी गरेका हुन्।

काठमाडौ- नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली-८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका-४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरुले हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ठगी गरेका हुन्।

प्रहरी उपरीक्षक बाेहाेरा भन्छन्, ‘नेपाल प्रहरीको डीएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर ६ लाख रुपैयाँ ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको हो।’

पक्राउ परेकामध्ये ज्ञानबहादुर २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको खुल्नमा आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए। रासस 


प्रकाशित : बुधबार, जेठ २८ २०८२१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend