बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

२७ लाख रूपैयाँ लागतमा कैलालीमा नक्षत्र वाटिका निर्माण

बुधबार, जेठ २८ २०८२
२७ लाख रूपैयाँ लागतमा कैलालीमा नक्षत्र वाटिका निर्माण

वन उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २७ लाख रूपैयाँको लागतमा सो वाटिका निर्माण गरिएको हो।

कैलाली- गौरीगंगा नगरपालिका-१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र वाटिका निर्माण भएको छ।

प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए।

वन उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २७ लाख रूपैयाँको लागतमा सो वाटिका निर्माण गरिएको हो।

वास्तुशास्त्रअनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर  वाटिका निर्माण गरिएको निमित्त प्रमुख बोहराले बताए। पूर्वीय दर्शनअनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्रअनुसारको २७ प्रजातिका बिरुवा पनि रोपिएका छन्।

वाटिकामा २७ नक्षत्रअनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिट्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कङ्केरो, सिमल, राजवृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पिपल र वेत गरी २७ प्रजातिका बिरुवा रोपिएको उपभोक्ता समितिका सदस्य धर्म सारुमगरले बताए। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend