बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दश वर्षमा रसुवागढी हुँदै १४ हजार ५ सय चिनियाँ विद्युतीय सवारी आयात

बुधबार, जेठ २८ २०८२
दश वर्षमा रसुवागढी हुँदै १४ हजार ५ सय चिनियाँ विद्युतीय सवारी आयात

आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका छन्।

रसुवा- दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५ सय नाघेको छ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती बाहन थन्किएका छन्। आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन्।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइ काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend