बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

बुधबार, जेठ २८ २०८२
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ।

काठमाडौं- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ। भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ। साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend