बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एमालेका प्रदेशसभा सांसदविरुद्ध भ्रष्टाचारको मुद्दा, गाउँपालिकाका तत्कालीन ८ पदाधिकारी, ६ कर्मचारी प्रतिवादी

मंगलबार, जेठ २७ २०८२
एमालेका प्रदेशसभा सांसदविरुद्ध भ्रष्टाचारको मुद्दा, गाउँपालिकाका तत्कालीन ८ पदाधिकारी,  ६ कर्मचारी प्रतिवादी

न्यून कबोल गरेको कम्पनीलाई अन्तिममा संशोधन गर्दै अयोग्य बनाएर दोस्रो धेरै कबोल गर्ने कम्पनीले ठेक्का लिएको अख्तियारको अनुसन्धानबाट पाइएको हो।

काठमाडौं- नेकपा एमालेबाट मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दिपेन्द्रकुमार ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। लुम्बिनी/डीएएण्डएन जेभी बिल्डर्स प्रालिका प्रबन्द निर्देशकसमेत रहेका ठाकुरविरुद्ध मुद्दा दायर भएको हो। 

धनुषाको औरही गाउँपालिकामा निर्माण १५ बेडको प्राथमिक अस्पताल निर्माणका लागि भएको टेन्डरमा अनियमितता भएको भन्दै अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो। 

प्रतिस्पर्धालाई सीमित पार्दै सीमित कम्पनीलाई योग्य हुनेगरी टेन्डरमा विभिन्न शर्त संशोधन गरेको र सबैभन्दा न्यून कबोल गरेको कम्पनीलाई अन्तिममा संशोधन गर्दै अयोग्य बनाएर दोस्रो धेरै कबोल गर्ने कम्पनीले ठेक्का लिएको अख्तियारको अनुसन्धानबाट पाइएको हो। 

उक्त ठेक्का ठाकुर प्रबन्द निर्देशक रहेको कम्पनीले पाएको थियो। उनको कम्पनीले १९ करोड १४ लाख  रुपैयाँ प्रस्ताव गरेको थियो। अहिले एमालेबाट मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठाकुरसहित लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मालाई पनि प्रतिवादी बनाइएको छ। 

त्यस्तै गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, उपाध्यक्ष मीरादेवी सहानी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमितकुमार यादव, गंगाप्रसाद यादव, शिवनाथ साह, प्रमेश्वरकुमार मण्डल र दिलिपकुमार साहलाई पनि विपक्षी बनाइएको छ। 

त्यस्तै पाँच जना अन्य कर्माचाविरुद्ध पनि समाना ६ करोड ७९ लाख १२ हजार बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend