मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

आईओई र डब्ल्यूटीओको उच्च नेतृत्वसँग महासंघ अध्यक्ष ढकालको भेट, नेपालमा लगानी गर्न आग्रह

images
मंगलबार, जेठ २७ २०८२
images
images
आईओई र डब्ल्यूटीओको उच्च नेतृत्वसँग महासंघ अध्यक्ष ढकालको भेट, नेपालमा लगानी गर्न आग्रह

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग उनले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचका विषयमा अन्तर्राष्ट्रिय संस्थाहरुसंग छलफल गरेका छन्। स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग उनले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

images
images
images

अध्यक्ष ढकालले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसँगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा कुरा राखेका थिए। आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटमा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको बताए। साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने अध्यक्ष ढकालले बताएका छन्।

images
images

उनले पर्यटन, जलविद्युत र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँग आग्रह गरे। ‘विशाल अर्थतन्त्र भएका भारत र चीनमा अवस्थित नेपाल तीन अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तर्राष्टिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु’ अध्यक्ष ढकालले भने।

images
images
images

अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरेका छन्। आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गरे।

साथै नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा गरे।उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैं तयार रहेको बताए। महासंघका अध्यक्ष ढकालले डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि बेग्लै भेटवार्ता गरेका छन्। उक्त भेटमा उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गरे।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरेका छन्।तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गरे।

‘एलडीसी ग्रयाजुयशनको विषय राष्ट्रिय गौरवको विषय भएपनि निःशुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ। तसर्थ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न पनि ढकालले आईओईसँग आग्रह गरे। उनले विकशित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताए।

डब्ल्यूटीओ अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी (एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताए। ‘भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर-शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन्’ उनले भने।

डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उनले थप सहयोगको आवश्यकता औँल्याए। डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय व्यापार प्रर्बद्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताएका छन्। भेटमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति  ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागी थिए। 


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend