मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

भोजपुरका दुर्गम गाउँमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन, ज्येष्ठ नागरिक र अशक्तलाई सहज

images
मंगलबार, जेठ २७ २०८२
images
images
भोजपुरका दुर्गम गाउँमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन, ज्येष्ठ नागरिक र अशक्तलाई सहज

साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नम्बर ५ र ६ दाभानेका तीन सय ५५ जनाको वितरण संकलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए।

images
images

भोजपुर- भाेजपुरकाे भौगोलिक रूपमा विकट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको छ।

images
images
images

इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण संकलन गरेको हो।

images
images

साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नम्बर ५ र ६ दाभानेका तीन सय ५५ जनाको वितरण संकलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए। यही जेठ २३ गतेदेखि चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण संकलन गरिएको उनको भनाइ छ।

images
images
images

‘घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचयपत्रको वितरण संकलन गरेका छौँ’ प्रमुख अधिकारीले भने, ‘यो क्षेत्र भौगोलिक रूपमा निकै विकट रहेकाले शिविरमार्फत घरदैलोमै पुगेर सेवा प्रदान गरेका हौँ, यसले ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई ठूलो राहत पुगेको छ।’ रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend