मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न बाख्रा वितरण

images
मंगलबार, जेठ २७ २०८२
images
images
निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न बाख्रा वितरण

निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको बताइएको छ।

images
images

अर्घाखाँची- मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।

images
images
images

‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ११ वटा बाख्रा उपहार प्रदान गरिएको हो।

images
images

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालको सहजीकरणमा गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताइन्।

images
images
images

निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष पोख्रेलको भनाइ छ।

गाउँपालिकाका उपाध्यक्ष पोख्रेल, वडाध्यक्ष नारायणप्रसाद अर्याललगायतको उपस्थितमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेल्वासेले बताए।

विभिन्न वडामा यस परियोजनाअन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिँदै आएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका लेखापाल अर्जुन खनालले जानकारी दिए। निम्न आयस्रोत भएका किसान लक्षित कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहयोगमा मालारानीमा सञ्चालित छ। रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend