बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भीमदत्त नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

सोमबार, जेठ २६ २०८२
भीमदत्त नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो।

कञ्चनपुर- भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।
 
'सोही कानूनी व्यवस्थाअनुसार नदीजन्य पदार्थ संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो', उनले भने, 'उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, संकलनको कार्य गरेको पाइए प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही हुने छ।'

नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ संकलन र उत्खनन हुने गर्छ। रासस


प्रकाशित : सोमबार, जेठ २६ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend