बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलन :  पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

सोमबार, जेठ २६ २०८२
वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलन :  पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ रकम खर्चिएको छ। आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए।
 
त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड रुपैयाँ रकम प्राप्त गरेको छ। त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १० दशमलव ९३  प्रतिशत रहेको छ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने चार अर्ब ५५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व संकलन गरेको छ। चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व संकलन गरेको छ। त्यस्तै  सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व संकलन गरेको छ। शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व संकलन गरेको छ।


प्रकाशित : सोमबार, जेठ २६ २०८२०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend