शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार : यी हुन् १८ आरोपी

आइतबार, जेठ २५ २०८२
नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार : यी हुन् १८ आरोपी

उनीहरुविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रूपैयाँ बराबरको बिगो कायम गरिएको छ।

काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणालीका सम्बन्धमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

नियमविपरीत बिलिङ प्रणालीको थप सम्झौता गरिएको लगायतका काम गर्दै संस्थालाई क्षति पुर्‍याएको भन्दै अख्तियारले वर्तमान प्रबन्ध निर्देशक पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रूपैयाँ बराबरको बिगो कायम गरिएको छ।

अख्तियारले यसअघि नै दिएको निर्देशनविपरीत गएर टेलिकमले एसिया इन्फोसँग वार्षिक मर्मतसम्भार सम्झौता गरेको थियो। कुनै पनि वार्षिक सम्झौता चार वर्षका लागि गरिएको मात्र होइन लागत बढाएर थप सम्झौता गरिएको थियो।

यी हुन् भ्रष्टाचार मुद्दाका १८ आरोपित 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालको प्रबन्ध निर्देशक संगीता पहाडी

तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा वैद्य

तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ

तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय

तत्कालीन निर्देशक विनिता श्रेष्ठ

तत्कालीन निमित्त निर्देशक अमुल प्रधान

तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा

तत्कालीन उपप्रबन्धक : राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराई

विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि

शैलेस श्रेष्ठ, अरनिको इन्टरनेसनल


प्रकाशित : आइतबार, जेठ २५ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend