शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईपीओ ल्याउने तयारीमा इटहरीको गरिमा होटेल

आइतबार, जेठ २५ २०८२
आईपीओ ल्याउने तयारीमा इटहरीको गरिमा होटेल

आईपीओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापनको जिम्मेवारी एनआईएमबीले लिएको छ।

इटहरी- सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटेल गरिमा लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।

आईपीओ निष्कासनका लागि गएको शुक्रबार एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टू आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौता भएको छ।

सोल्टी वेस्टेन्डको नामले परिचित होटेल गरिमा लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले आईपीओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिका निर्वाह गर्ने छ। आईपीओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापनको जिम्मेवारी एनआईएमबीले लिएको छ। 

होटेल गरिमाको पुँजी बजार प्रवेशले कम्पनीको विकासमा कोसेढुंगा साबित हुने प्रबन्ध निर्देशक पौडेलले बताए। आईपीओ जारी भएपछि पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार गरी आतिथ्यसत्कार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।

एनआईएमबीका डेपुटी सीईओ ढुंगानाले सम्झौता पत्रमा उल्लेख भएअनुसार नै होटेल गरिमालाई आवश्यक परामर्श र सहयोग प्रदान गर्ने बताए। होटेल गरिमाको तर्फबाट आईपीओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने उनको भनाइ छ।


प्रकाशित : आइतबार, जेठ २५ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend