शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

शनिबार, जेठ २४ २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार (जेठ २४) का लागि सागसब्जी, फलफूल, मसला र माछाका थोक मूल्य सार्वजनिक गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार (जेठ २४) का लागि सागसब्जी, फलफूल, मसला र माछाका थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार बजारमा कारोबार हुने कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आजको मूल्यसूची अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८० रुपैयाँ, लोकल सानो गोलभेँडा ४८ रुपैयाँ, टनेल सानो गोलभेँडा ६० रुपैयाँ र भारतीय सानो गोलभेँडा ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, रातो आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडे आलु ४० रुपैयाँ, भारतीय सुख्खा प्याज ४० रुपैयाँ, गाजर (लोकल) ५५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो मूला (लोकल) २० रुपैयाँ, हाइब्रिड सेतो मूला २५ रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, डल्लो भन्टा ३५ रुपैयाँ, तने बोडी ५० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ कायम गरिएको छ।

मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल) र हाइब्रिड दुवैको मूल्य ५० रुपैयाँ, घिउ सिमी राजमा १२० रुपैयाँ, भटमास कोसा १३० रुपैयाँ, तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, परबर (लोकल तथा तराई) ५०–५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४५ रुपैयाँ, झिगुनी ६० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, डल्लो हरियो फर्सी २५ रुपैयाँ, र भिण्डी ४० रुपैयाँमा कारोबार हुने छ।

अन्य हरियो तरकारीमा सखरखण्ड ७० रुपैयाँ, पिँडालु १२० रुपैयाँ, रायो साग ३० रुपैयाँ, पालुङ्गो साग ४० रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ३०० रुपैयाँ, निगुरो ३० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, जिरीको साग ८० रुपैयाँ, ग्याठकोभी ५५ रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना ११० रुपैयाँ, गान्टेमूला ४० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, आँप (माल्द) ६५ रुपैयाँ, आँप (दशहरी) ७५ रुपैयाँ, हरियो अङ्गुर २५० रुपैयाँ, कालो अङ्गुर ३५० रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, रुखकटहर ६५ रुपैयाँ, नेपाली मेवा १०० रुपैयाँ, भारतीय मेवा १३० रुपैयाँ, लोकल लिची १४० रुपैयाँ र भारतीय लिची २४० रुपैयाँ निर्धारण गरिएको छ।

मसला र अन्य वस्तुहरूमा अदुवा ११० रुपैयाँ, खुर्सानी सुकेको ४२० रुपैयाँ, हरियो खुर्सानी (सामान्य, बुलेट, माछे) तीनै प्रकारको ४० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी ९० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ, हरियो लसुन ५० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २२० रुपैयाँ, सुकेको लसुन (नेपाली) १८० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, हरियो छ्यापी १२० रुपैयाँ तोकिएको छ।

माछाको मूल्यतर्फ रहू माछा ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

कालीमाटी बजार विकास समितिले दैनिक रुपमा तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरी सार्वजनिक गर्दै आएको छ। मूल्य निर्धारण गर्दा बजारको माग, आपूर्ति, मौसमी अवस्था र उत्पादक क्षेत्रको लागतलाई मुख्य आधार बनाइने समितिले जनाएको छ। रासस

 


प्रकाशित : शनिबार, जेठ २४ २०८२०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend