शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सकियो, चाँडै टुंग्याएर सदनमा पठाउन गृहमन्त्रीको आग्रह

शुक्रबार, जेठ २३ २०८२
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सकियो, चाँडै टुंग्याएर सदनमा पठाउन गृहमन्त्रीको आग्रह

'यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौँ', गृहमन्त्री रमेश लेखकले भने।

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए।

आजको बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित संगठनका पदाधिकारीसँग छलफल गरिने बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुंग्याएर सदनमा पठाउन आग्रह गरे।

'यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौँ', उनले भने। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend