शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण, गोलभेँडादेखि स्याउसम्म यति पर्छ मूल्य

शुक्रबार, जेठ २३ २०८२
आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण, गोलभेँडादेखि स्याउसम्म यति पर्छ मूल्य

नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ७९ रुपैयाँ, लोकल सानो गोलभेँडा ४० रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेँडा ५६ रुपैयाँ र भारतीय सानो गोलभेँडा ४८ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी, फलफूल, मसला र माछाको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार कालीमाटी बजार क्षेत्रमा कारोबार हुने प्रमुख कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

तरकारीमा गोलभेँडाको मूल्यमा विविधता देखिएको छ। नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ७९ रुपैयाँ, लोकल सानो गोलभेँडा ४० रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेँडा ५६ रुपैयाँ र भारतीय सानो गोलभेँडा ४८ रुपैयाँ कायम गरिएको छ।

यस्तै, आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु ३५ रुपैयाँ र मुडे आलु ३९ रुपैयाँ पर्छ। प्याज सुकेको (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ५८ रुपैयाँ, बन्दा (लोकल) १६ रुपैयाँ, काउली ५० रुपैयाँ, भन्टा डल्लो ३२ रुपैयाँ र मकै बोडी ७० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।

मटरकोसा प्रतिकिलो १५० रुपैयाँ पुगेको छ भने घिउ सिमी (लोकल) ४२ रुपैयाँ, हाइब्रिड ३५ रुपैयाँ, घिउ सिमी राजमा १२० रुपैयाँ र भटमास कोसा १३० रुपैयाँ निर्धारण गरिएको छ। लौका ३० रुपैयाँ, परबर (लोकल) ५५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, भिण्डी ५० रुपैयाँमा पाउन सकिन्छ।

च्याउको मूल्य भने धेरै महँगो छ। कन्य च्याउ प्रतिकिलो २०० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो ९०० रुपैयाँ तोकिएको छ। ब्रोकाउली र चुकुन्दर दुवैको मूल्य ७५ रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, केरा प्रतिदर्जन १५० रुपैयाँ, अनार ३५० रुपैयाँ, आँप (माल्द) ६५ रुपैयाँ र दशहरी आँप ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ। अङ्गुर (हरियो) २५० रुपैयाँ, कालो अङ्गुर ३५० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २५० रुपैयाँ, र लिची (लोकल) १४० रुपैयाँ तथा भारतीय लिची २२० रुपैयाँमा विक्री भइरहेको छ।

मसला वस्तुहरूमा अदुवा ११० रुपैयाँ, लसुन (चाइनिज) २२० रुपैयाँ, लसुन (नेपाली) १८० रुपैयाँ, हरियो धनियाँ ४५ रुपैयाँ, हरियो खुर्सानी (अकबरे) ३०० रुपैयाँ र सुकेको खुर्सानी ४२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

त्यस्तै, ताजा माछाको मूल्यमा रहू माछा ३३० रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी माछा २४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

समितिका अनुसार मूल्यहरू कालीमाटी बजार क्षेत्रको आपूर्ति, माग, उत्पादन क्षेत्र र मौसमी अवस्थाका आधारमा निर्धारण गरिएका हुन्। उपभोक्ताहरूलाई शुद्ध र पारदर्शी मूल्यमा वस्तु आपूर्ति गर्ने उद्देश्यले दैनिक मूल्य सूचना सार्वजनिक गरिँदै आएको समितिले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend