शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

शुक्रबार, जेठ २३ २०८२
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेश प्रमुख सुमित्रा भण्डारीले दिउँसो १ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय गरिएको छ।

जनकपुर- मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले दिउँसो १ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय गरिएको छ।

मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहनप्रसाद साहका अनुसार कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको छ।उनले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिक क्षेत्रको रूपमा समेटिएको जानकारी दिए।

'कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगार तथा सीप विकास, विद्यालय स्तरोन्नति, र सुलभ स्वास्थ्य सेवा विस्तारजस्ता विषयलाई विशेष प्राथमिकता दिइएको छ,' उपाध्यक्ष साहले भने, 'नीति तथा कार्यक्रमले मधेसको सामाजिक र आर्थिक रूपान्तरणलाई गति दिने विश्वास लिएको छ।'

प्रदेश सरकारले नीति तथा कार्यक्रमपछि आगामी आषाढको पहिलो साताभित्र बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend