शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पतञ्जली जग्गा प्रकरण : स्वर्गीय राधेश्याम सराफ पनि प्रतिवादी, ५१ लाख बिगो दाबी

बिहीबार , जेठ २२ २०८२
पतञ्जली जग्गा प्रकरण : स्वर्गीय राधेश्याम सराफ पनि प्रतिवादी, ५१ लाख बिगो दाबी

राधेश्यामको निधन भइसकेकाले ५१ लाख बिगो दाबी गर्दै सो बिगो असुलीका लागि उनका छोरा अरूणकुमार सराफलाई प्रतिवादी बनाइएको छ।

काठमाडौं- पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीदेखि मन्त्री र उच्चपदस्थ अधिकारीलाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

पहिलोपटक पूर्वप्रधानमन्त्रीलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको यही प्रकरणमा चर्चित उद्योगी व्यवसायी पनि प्रतिवादी बनाइएका छन्। 

अख्तियारले याक एण्ड यती होटलका संस्थापक राधेश्याम सराफलाई पनि प्रतिवादी बनाएको छ।

हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएको र त्यही जग्गा पतञ्जली योगपीठको नाममा पास गराइएको थियो।

चौतारामको सञ्चालकको हैसियताले राधेश्याम सराफविरुद्ध अभियोग लगाइएको हो। तर राधेश्यामको निधन भइसकेकाले ५१ लाख बिगो दाबी गर्दै सो बिगो असुलीका लागि उनका छोरा अरूणकुमार सराफलाई प्रतिवादी बनाइएको छ।

यो प्रकरणमा उक्त कम्पनीका सदस्यहरू विश्वरत्न शाक्य, शेखर राणासँगै मालपोतका अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ। 

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा? सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा? पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend