शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण

बिहीबार , जेठ २२ २०८२
पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण

पतञ्जलीको नाममा भएको हदभन्दा बढी जग्गाहरूको धितो बन्धक राजीनामा पारित गर्न सहमति प्रदान गरी गलत लिखत तयार गरी गराइ सनराईज बैंक लिमिटेडलाई पत्राचार गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।

काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पतञ्जली जग्गा प्रकरणमा तत्कालीन सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) समेत मुछिएको छ। 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकको लिखतहरूमा भएको जग्गाहरू भूमिसम्बन्धी ऐन २०२१ को दफा ७ र दफा ८ बमोजिमको हदभन्दा बढी भएको र सोही ऐनको दफा ११ बमोजिम जफत गर्नुपर्ने प्रकृतिको रहे भएको देखिँदासमेत तत्कालीन सनराइज बैँकबाट ऋण प्रवाह गरेको देखिएको छ। 

पतञ्जलीको नाममा भएको हदभन्दा बढी जग्गाहरूको धितो बन्धक राजीनामा पारित गर्न सहमति प्रदान गरी गलत लिखत तयार गरी गराइ सनराईज बैंक लिमिटेडलाई पत्राचार गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ। 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकबाट बैंकको नाममा धितो लिखत पारित गरी  सोहीबमोजिम ऋण प्रवाह गरेको देखिएको छ।

'पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल, उक्त कम्पनीका मुख्य भइ कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह, तत्कालीन सनराइज बैंक लिमिटेडका कर्मचारीहरू र सरकारी सार्वजनिक पदधारण गरेकासमेत व्यक्तिहरूले आपसी मिलोमतो तथा योजनामा आफूसमेतलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले हदभन्दा बढी जग्गा सनराइज बैंक लिमिटेडको नाममा धितो लिखत पारित गर्ने गराउने गरी गलत लिखत तयार गरे गराएको तथ्य वारदात स्थापित भएको'अख्तियारले जनाएको छ।

अख्तियारले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दाको आरोपपत्रमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजीत पोखरेल र शाखा प्रबन्धक राजीव सापकोट र अधिकृत ममता पराजुलीविरुद्ध मद्दा दायर भएको उल्लेख छ। 

यसैगरी तत्कालिन सनराइज बैंककै जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक बिक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक प्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जय कुमार सिद्धी, अनुपाल विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध अख्तियारले हदभन्दा बढी धितो मूल्यांकन गरी कर्जा दिने मतियारका रुपमा काम गरेको आरोपपत्रमा उल्लेख गरेको छ। 

सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा? सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा?


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend