शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भ्रष्टाचार मुद्दा दायर भएसँगै माधव नेपालको सांसद पद निलम्बन

बिहीबार , जेठ २२ २०८२
भ्रष्टाचार मुद्दा दायर भएसँगै माधव नेपालको सांसद पद निलम्बन

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहितलाई ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एव‌ं पूर्वप्रधामन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको हो।

अध्यक्ष नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ बाट विजयी भएका थिए। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वत: निलम्बनमा रहने व्यवस्थाअनुरुप उनी सांसद पदबाट निलम्बित भएका हुन्।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एसका अध्यक्ष नेपालसहितलाई ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend