शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

बिहीबार , जेठ २२ २०८२
नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

नबिल बैंकले देशभर रहेका आफ्ना २ सय ६८ शाखा कार्यालयमार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेको सञ्चालक समितिको ६८२औँ बैठकले ज्ञवालीलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो।

यसअघि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन्।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ। ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंकले विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, उक्त समितिको बैठकले नायब महाप्रबन्धक आदर्श बजगाईँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानून विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ।

नबिल बैंकले देशभर रहेका आफ्ना २ सय ६८ शाखा कार्यालयमार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend