शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ग्लोबल आईएमई बैंकद्वारा कमलादीमा ईभी चार्जिङ स्टेसन सञ्चालन

बिहीबार , जेठ २२ २०८२
ग्लोबल आईएमई बैंकद्वारा कमलादीमा ईभी चार्जिङ स्टेसन सञ्चालन

उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो।

बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरुपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरे। गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटु सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ।

उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकका कर्मचारीहरुलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरुको सवारीसाधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।

उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल ईभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए। साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे।

साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए। उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको पनि बताए।

उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend