शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मध्यपहाडी लोकमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुँदै

बिहीबार , जेठ २२ २०८२
मध्यपहाडी लोकमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुँदै

६२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति सात करोड ५० लाख रूपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ।

राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो।  मोदी गाउँपालिका-२ पातीचौर-६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। 

आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ। पुल निर्माण हुने स्थानमा रहेका विद्युतका उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए।

६२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति सात करोड ५० लाख रूपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend