शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

किरण पण्डित बने राष्ट्र बैंकको नयाँ प्रवक्ता

बुधबार, जेठ २१ २०८२
किरण पण्डित बने राष्ट्र बैंकको नयाँ प्रवक्ता

बुधबारबाटै लागु हुने गरी पण्डितलाई राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी तोकेको हो। उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएकाे छ।

बुधबारबाटै लागु हुने गरी पण्डितलाई राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी तोकेको हो। उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन्।

पण्डितले यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग, गभर्नर कार्यालय, वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखालगायतमा बसेर काम गरिसकेका छन्।

पण्डितसँग राष्ट्र बैंकमा करिब २० वर्ष काम गरेकाे अनुभव छ। यसअघि प्रवक्ता रहेका रामु पौडेल बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी पनि पण्डितलाई दिइएको हो। 

प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend