शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

बुधबार, जेठ २१ २०८२
शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

ऊर्जामन्त्री दीपक खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानूनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारी दिए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए।

मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानूनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारी दिए। सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रुपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयात हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गरे। उनले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राखिन्। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend