शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निर्यात व्यवसायी महासंघले प्रधानमन्त्रीलाई बुझायो सातबुँदे सुझाव, सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गर्न आग्रह

बुधबार, जेठ २१ २०८२
निर्यात व्यवसायी महासंघले प्रधानमन्त्रीलाई बुझायो सातबुँदे सुझाव, सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गर्न आग्रह

महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरु कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासंघ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुझाएको छ।

महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सातबुँदे सुझावपत्र बुझाएको हो।

महासंघले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरु कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरुलाई नेपाल ल्याउन माग गरिएको छ। यस्तै, लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ।

सुझावहरु ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महासंघको नयाँ नेतृत्वलाई बधाई दिँदै आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले निर्यात व्यवसायीहरुका उचित सुझावलाई सम्बोधनको पहल गरिने विश्वास दिलाए।

उनले विद्यमान स्थितिमा निर्यात व्यवसायीलाई धेरै प्रोत्साहन दिन नसके पनि सम्भव र व्यावहारिक विकल्पमा साझा प्रयास गर्न गरिने आग्रह गरे। रासस

प्रकाशित : बुधबार, जेठ २१ २०८२१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend