शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख रूपैयाँ ठगी गर्ने दुईजना पक्राउ

बुधबार, जेठ २१ २०८२
अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख रूपैयाँ ठगी गर्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा प्रविनकुमार शाह र वर्षीया प्रतिज्ञा बुढामगर रहेको प्रहरीले जनाएको छ।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पा घर भइ हाल काठमाडौं बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, 'पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार रूपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।'

काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend