शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कर्णाली प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

बुधबार, जेठ २१ २०८२
कर्णाली प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

कर्णाली- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिए।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले बताए।

बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend