शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विशेष आर्थिक क्षेत्र भैरहवामा भाटभटेनी समूहको प्रवेश, अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास

बुधबार, जेठ २१ २०८२
विशेष आर्थिक क्षेत्र भैरहवामा भाटभटेनी समूहको प्रवेश, अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास

उद्योगले करिब एक हजार दुईसय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। जसले स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ।

काठमाडौं- भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ।

भाटभटेनी समूह र व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास गरेको छ। भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन्।

‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश पनि प्रवाह गरेको छ,’ भाटभटेनीका सीओओ पानु पौडेलले भने।

यस उद्योगले करिब एक हजार दुईसय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। जसले मुख्यतया स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोसाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए।

‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नेमात्र होइन, नेपालका औद्योगिक नीति र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ,’ उनले भने।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend