शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विकास निर्माणका काम गर्न विदेशी र निजी क्षेत्रको लगानी भित्र्याउन खोज्दै छौँ : अर्थमन्त्री पौडेल

बुधबार, जेठ २१ २०८२
विकास निर्माणका काम गर्न विदेशी र निजी क्षेत्रको लगानी भित्र्याउन खोज्दै छौँ : अर्थमन्त्री पौडेल

निर्माणाधीन र चालु आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाबाहेक अन्य आयोजना कटौती गरेको अर्थमन्त्री पौडेलको भनाइ छ।

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काम गर्न विदेशी र निजी क्षेत्रको लगानी भित्र्याउने तयारी गरेको बताएका छन्। 

सरकारको ट्रेजरीबाट मात्रै विकास निर्माणका काम गर्न नसकिने अर्थमन्त्री पौडेलको भनाइ छ। जसका लागि  कानून नै बनाएर विदेशी र निजी क्षेत्रको लगानी ल्याएर पूर्वाधार निर्माणको काम अघि बढाउन आर्थिक वर्ष २०८२/८३ को बजेटले ढोका खोलेको उनले बताए। 

बुधबार 'नेपाल पूर्वाधार पत्रकार समाज'ले आयोजना गरेको बजारमा पूर्वाधार क्षेत्र विषेक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पूर्वाधार क्षेत्रमा भोग्दै आएका समस्यालाई सरकारले नजिकबाट नियालेर बजेट विनियोजन गरेको बताए। 

निर्माणाधीन र चालु आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाबाहेक अन्य आयोजना कटौती गरेको अर्थमन्त्री पौडेलको भनाइ छ। अब खुद्रे आयोजना संघ सरकार मातहत नआउने पनि उनले दाबी गरेका छन्।

त्यस्तै उनले व्यवसायीले निर्माणजन्य सामाग्रीको अभाव झेल्नु नपर्ने आश्वासन पनि दिएका छन्। 

साथै आयोजनाको भेरिएसन (निर्माणाधीन अवस्था थपिने काम र लागत) पनि कम गराउन सरकारले सोचेको उनको भनाइ छ।

'कुनैपनि आयोजनामा भेरिएसन नहुने भन्ने त हुँदैन तर कसरी कम गर्न सकिन्छ? त्यसमा ध्यान दिएका छौँ' अर्थमन्त्री पौडेलले भने।


प्रकाशित : बुधबार, जेठ २१ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend