सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

images
बुधबार, जेठ २१ २०८२
images
images
तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार दुईसय रूपैयाँ कायम भएको छ।

images
images

काठमाडौं- यो साता निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ।

images
images
images

बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार दुईसय रूपैयाँ पुगेको छ।

images
images

मंगलबार सुन प्रतितोला २ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

यो साता आइतबार तोलामा तीनसय र सोमबार एक हजार रूपैयाँले सुनको मूल्य बढेको थियो।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला २ हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार ७५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, जेठ २१ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend