शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बजेट निर्माणमा चलखेल अन्त्य भएपनि पुँजीगत बजेट अपेक्षा गरेजसरी आएन : रवि सिंह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २१ २०८२
बजेट निर्माणमा चलखेल अन्त्य भएपनि पुँजीगत बजेट अपेक्षा गरेजसरी आएन : रवि सिंह

निर्माणजन्य गिट्टी, बालुवा, माटोजस्ता सामानको सहज उपलब्धता गराउन तीनै तहका सरकारले ध्यान दिन सिंहले आग्रह गरेका छन्।

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका क्रममा विगतमा जस्तो चलखेल नहुनु सकारात्मक भएको बताएका छन्। 

बुधबार 'नेपाल पूर्वाधार पत्रकार समाज'ले आयोजना गरेको बजारमा पूर्वाधार क्षेत्र विषेक अन्तरक्रिया कार्यक्रममा उनले विगतका वर्षमा निश्चित घरानाबाट बजेटमा चलखेल हुने गरेपनि आगामी आर्थिक वर्षको बजेट त्यस्तो नभएको बताएका हुन्।

निर्माण व्यवसायीहरूले अर्थ र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई दिएको सुझाव बजेटमा उचित सम्बोधन नभएको उनको भनाइ छ।

साथै देशको आवश्यकताअनुसार पुँजीगत बजेट नआएको उनको भनाइ छ।

त्यस्तै तीन करोड रुपैयाँ लागतभन्दा कमका आयोजनाको काम संघीय सरकारले नगर्ने नियम सकारात्मक भएको उनले बताए।

निर्माणजन्य गिट्टी, बालुवा, माटोजस्ता सामानको सहज उपलब्धता गराउन तीनै तहका सरकारले ध्यान दिन सिंहले आग्रह गरेका छन्।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend