शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

बुधबार, जेठ २१ २०८२
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। उक्त प्रस्तावमाथि सदनमा छलफल पनि हुनेछ।

काठमाडौं- संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको छ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्नेछ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। उक्त प्रस्तावमाथि सदनमा छलफल पनि हुनेछ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेस गर्ने कार्यसूचीमा छ।

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। राष्ट्रियसभामा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरी छलफल सुरु गर्ने कार्यसूची रहेको छ।

दुवै सदनमा आर्थिक वर्षको बजेट सम्बन्धी महत्वपूर्ण छलफल हुने भएकाले संसद बैठकको परिणाममाथि सबैको ध्यान रहने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend