शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएपछि आजदेखि सार्वजनिक सवारी सञ्चालनमा

बुधबार, जेठ २१ २०८२
यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएपछि आजदेखि सार्वजनिक सवारी सञ्चालनमा

गण्डकी प्रदेश सरकारले ल्याएको गण्डकी प्रदेशले राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली कार्यान्वयन स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलन अन्त्य गर्दै गाडी चलाउन थालेका हुन्।

काठमाडौं- राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्।

गण्डकी प्रदेश सरकारले ल्याएको गण्डकी प्रदेशले राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली कार्यान्वयन स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलन अन्त्य गर्दै गाडी चलाउन थालेका हुन्।

व्यवसायीहरूले नियमावलीले व्यवस्थित सिन्डिकेट प्रणालीलाई चुनौती दिएको भन्दै विरोध गर्दै गण्डकीमा पाँच दिन र काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरूमा दुई दिनसम्म सार्वजनिक सवारी चलाएका थिएनन्।

व्यवसायीहरूको दबाबपछि केन्द्र सरकारले गण्डकी सरकारले ल्याएको नियमावली स्थगित गर्न पत्राचार गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई नियमावली एक महिनाका लागि रोक्न आग्रह गरेपछि मंगलबार साँझ गण्डकी सरकारले कार्यविधि स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो।

प्रकाशित : बुधबार, जेठ २१ २०८२०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend