शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, अन्यत्र पनि बदली र वर्षा

बुधबार, जेठ २१ २०८२
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, अन्यत्र पनि बदली र वर्षा

देशका पश्चिमी तथा मध्य भूभागमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- देशका पश्चिमी तथा मध्य भूभागमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिको लागि मौसम पूर्वानुमान गर्दा, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ।

तर रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने सम्भावना रहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend