शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल-बंगलादेश व्यापारमा ठूलो असन्तुलन : आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोडमै सीमित

बुधबार, जेठ २१ २०८२
नेपाल-बंगलादेश व्यापारमा ठूलो असन्तुलन : आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोडमै सीमित

चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म नेपाल र बंगलादेशबीच काँकडभिट्टा नाका हुँदै भएको व्यापारमा ठूलो व्यापार असन्तुलन देखिएको छ।

भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म नेपाल र बंगलादेशबीच काँकडभिट्टा नाका हुँदै भएको व्यापारमा ठूलो व्यापार असन्तुलन देखिएको छ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार बंगलादेशबाट नेपालले ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालबाट बंगलादेश निर्यात भएको वस्तुको मूल्य ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ मात्र छ।

कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

यस्तै अन्य आयातमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, सिसा, फुड एण्ड बेभरेज जस्ता वस्तु छन्।

नेपालबाट बंगलादेश निर्यात हुने वस्तुमा प्रमुख रूपमा खुदो परेको छ, जसको मूल्य ३० करोड २७ लाख ७९ हजार रुपैयाँ रहेको छ। यस्तै, जडीबुटी, अनिमल फिड र घरायसी सामग्री पनि निर्यात भएका छन्। रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२०९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend