शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कान्ति लोकपथ चार दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

बुधबार, जेठ २१ २०८२
कान्ति लोकपथ चार दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

काठमाडौं- काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो सडकखण्ड आगामी बुधबारदेखि शनिबारसम्म (जेठ २१ देखि २४ गतेसम्म) बन्द रहने जानकारी गराएको हो।

सडक बन्दको कारण बागमती खोलामा निर्माणाधीन बेलीब्रिजको जडान कार्य हो। कान्ति लोकपथ सडक योजनाले उक्त कार्यको लागि सवारी आवागमन अवरुद्ध गर्न पत्राचार गरेपछि सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रशासनले सो अवधिमा यात्रा गर्नुपर्ने यात्रु तथा सवारी साधनहरूलाई कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

kanti.jpeg

 


प्रकाशित : बुधबार, जेठ २१ २०८२०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend