शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१५ लाख रूपैयाँ खर्चिएर तातोपानीमा धर्मशाला निर्माण

मंगलबार, जेठ २० २०८२
१५ लाख रूपैयाँ खर्चिएर तातोपानीमा धर्मशाला निर्माण
फाइल तस्बिर

गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो। गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ।

जुम्ला- तातोपानी गाउँपालिका-४  फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधासम्पन्न धर्मधाला निर्माण गरिएको छ। गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो। 

तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रूपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको हो। 

धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ। गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ। गिडिदहको लम्बाइ एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराइ ४२ दशमलव ८ मिटर रहेको छ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो। धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend