बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

१५ लाख रूपैयाँ खर्चिएर तातोपानीमा धर्मशाला निर्माण

images
मंगलबार, जेठ २० २०८२
images
images
१५ लाख रूपैयाँ खर्चिएर तातोपानीमा धर्मशाला निर्माण
फाइल तस्बिर

गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो। गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ।

images
images

जुम्ला- तातोपानी गाउँपालिका-४  फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधासम्पन्न धर्मधाला निर्माण गरिएको छ। गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो। 

images
images
images

तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रूपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको हो। 

images
images

धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ। गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ। गिडिदहको लम्बाइ एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराइ ४२ दशमलव ८ मिटर रहेको छ।

images
images
images

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो। धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend